Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर मुद्दामा फरार दीक्षान्त बानिया पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरका दीक्षान्त बानिया रहेका छन्। उनलाई सिआइबीको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारवादी र बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

सिआइबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएर बानियालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बानियालाई मंगलबार अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan