Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस-एएफपी)
newsabhiyan

असुनसियोन, २० कात्तिक : बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनुभएको छ ।

संसद्ले राजीनामा स्वीकृत नगरेकाले उहाँ पदमै रहनुभएको छ भने महाभियोग प्रक्रिया अघि बढाइएको छ ।

पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए ।

घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन् । यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो ।

बैङ्कमा पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उहाँविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

विवाद समाधानका लागि केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन ।

संसद्ले शुक्रबारदेखि महाभियोग सुनुवाइ गर्ने तयारी गरेको छ । राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan