Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौँ, २० कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको छ ।
    
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुगेको छ । 
    
त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुगेको छ ।
    
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२  दशमलव ७४ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ । 

आज १५८ कम्पनीको शेयर बढ्यो भने  १०७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan