Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न थापाथलीमा तीनदिने तिहार विशेष रैथाने मेला सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार |

काठमाडौं । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले काठमाडौंमा तीनदिने तिहार विशेष रैथाने मेला सुरु भएको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा शनिबारदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला आयोजना गरेको हो।

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखेका छन्।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ।

रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणमार्फत कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने सरकारको लक्ष्य रहेको छ।

सरकारले आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समयलाई उपयोग गर्दै सप्ताहान्तमा यस्ता मेला तथा बजार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने सरकारको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan