Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

दमौली (तनहुँ), २२ कात्तिक: भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जितेको हो ।

    पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय १४ पदकसहित दोस्रो स्थानमा रहेको छ । बालशैक्षणिकले दुई स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको छ । भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेको छ । धर्म माध्यमिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक प्राप्त गरेको छ । त्यस्तै, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत र पाँच कास्य गरी १० पदक जितेको छ । मङ्गलोदय माध्यमिक विद्यालयले पनि तीन स्वर्ण, एक रजत र छ कास्य गरी १० पदक प्राप्त गरेको छ ।

    शङ्कर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ। अमर भूपू सैनिक बोर्डिङ स्कुलले तीन स्वर्ण र एक रजत गरी चार पदक प्राप्त गरेको छ भने सिद्धार्थ माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र दुई कास्य गरी चार पदक जितेको छ । हिमालय माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक प्राप्त गरेको छ । भिम मेमोरियल बोर्डिङ स्कुलले चार रजत र एक कास्य गरी पाँच पदक जितेको छ ।

    यसैगरी, रघु माध्यमिक विद्यालयले तीन कास्य, पार्वती माध्यमिक विद्यालयले एक कास्य, दीपक माध्यमिक विद्यालयले तीन रजत, पाटन बोर्डिङ स्कुलले एक कास्य तथा बुचाखानी माध्यमिक विद्यालयले एक रजत र एक कास्य गरी दुई पदक प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले खेलकुदमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । 

    नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan