मेसिनको प्रयोग गरी धान काट्दै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
मकवानपुरको बकैया गाउँपालिकामा कम्बाइन हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिँदै । गाउँपालिकाले यस वर्ष भित्र्याएको उक्त मेसिनबाट धान काट्ने र चुट्ने काम एकैपटक गर्न सकिन्छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार स्थानीय किसानलाई प्रतिविघा रु चार हजारमा मेसिनको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । तस्बिर : बसन्त भण्डारी/रासस


