Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

काठमाडौँ , २३ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।

    निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नुभयो । काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभयो ।

    सो कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका कावा संयोजक डा यादव भट्टराई, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्राडा महादेव अवस्थी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो । कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ एकेडेमीको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan