Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | रासस

 

काठमाडौँ, २४ कात्तिकः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताउनुभएको छ । 

 

तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गर्नुभएको छ । 

 

नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताउनुभएको छ । 

 

प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्व भएको जनाउँदै उहाँले काग, कुकुर, गाई र गोरूलाई पुज्नेदेखि भाइटीकाका माध्यमबाट विभिन्न प्राणीप्रति सम्मान, कृतज्ञता, प्रेम र पारिवारिक सम्बन्धको महत्त्वलाई यस पर्वले आत्मसात् गरेको बताउनुभएको छ । 

 

दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने भन्दै उहाँले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले हाम्रो सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्नुभएको छ । 

 

अध्यक्ष दाहालले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan