Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषधसहित नौ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |

काठमाडौँ, २३ कात्तिकः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।
 
        केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र बेलबारी नगरपालिका–७ पानी ट्याङ्कीबाट एक–एक, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका–५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन् ।
 
        प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजा र खैरो हेराइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल, स्पास्पेन, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan