Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

गण्डकी, २३ कात्तिक :  कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा  मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ । 

आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुन: सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिनुभयो । 

"पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ", उहाँले भन्नुभयो, "केहीबेरमा एकतर्फी यातायात संचालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।" सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan