Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

म्याग्दी, २३ कात्तिकः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन् । 

    गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिनुभयो । 

    “अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैअघिनै सञ्चालनमा आएका थिए,” उहाँले भन्नुभयो, “भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत  सकिएपछि सबै बस्ति सडक सञ्जालसँग पुनः जोडिएका छन् ।” 

    सडक यातायात पुनःसञ्चालन भएपछि विपद्बाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनःनिर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । पाउद्धार देखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले बताउनुभयो । 

    अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । साठी घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्् । निजी आवास भत्किएर र जोखिमका कारण तीन सय परिवार प्रभावित भएका उपाध्यक्ष तिलिजाले बताउनुभयो । विपद् प्रभावित निजी आवास र सार्वजनिक भौतिक संरचना पुननिर्माणलाई तिब्रता दिने गरी तयारी गरिएको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan