Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस

तुलसीपुर (दाङ), २३ कात्तिकः  देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को कार्य पूरा भइसकेको छ । 

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार यस आयोजनाको निर्माण अघि बढेपछि गढवा र राजपुर गाउँपालिका क्षेत्रको चार हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा पु¥याउने लक्ष्य राखिएको छ । 

    चालु आर्थिक वर्षमा सामाजिक तथा वातावरणीय अध्ययन पूरा गरी आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । देउखुरीको प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुगेका ठाउँका लागि दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गर्न लागिएको उहाँले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan