Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस


कर्णाली, २३ कात्तिकः जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए । यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan