Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
newsabhiyan

काठमाडौँ, २२ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गर्नुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिनुहुँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गर्नुभएको छ ।  

“उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् ।”, सभापति लामिछानेको सन्देशमा उल्लेख छ ।
    
यसै सन्दर्भमा, रास्वपा सभापति लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको ‘छठ’ पर्व मनाउन आफूहरु जनकपुरधामको गङ्गा सागरमा उपस्थित हुने जानकारी पनि दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan