Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापको अध्यक्षमा पुनः मिलन, पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | सागर श्रेष्ठ
newsabhiyan

रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल) रामेछाप शाखाको अध्यक्षमा पुनः मिलन घिमिरे (विक) सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न शाखाको दोस्रो जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतरा क्षेत्री, सहसचिवमा संगम अधिकारी र कोषाध्यक्षमा डोरशंकर बरुवाल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मणिराज सुनुवार र नवीन कार्की चयन हुनुभएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापका अध्यक्ष मिलन घिमिरे (विक) को अध्यक्षतामा सम्पन्न अधिवेशनमा बागमती प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन तथा वन वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ठ अतिथिमा नगर प्रमुख लव श्रेष्ठको उपस्थिति रहेको थियो ।

रामेछापमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु नफपीजे बागमती प्रदेशका सचिव कुमार श्रेष्ठकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा एनएफपिजे नेपालको केन्द्रीय कार्यसमितिका तर्फबाट कार्यवाहक अध्यक्ष सागर श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ तथा वरिष्ठ सदस्य अजय लेन्सम्यानको उपस्थिति रहेको थियो।
अधिवेशनमा बोल्दै केन्द्रीय कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संस्थाले स्थापना कालदेखि फोटो पत्रकारहरूको हकहित, पेसागत क्षमता अभिवृद्धि, संस्थागत एकता र फोटो पत्रकारिताको विकासका लागि गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले तस्बिर केवल दृश्य कैद गर्ने माध्यम मात्र नभई समाजको यथार्थ, इतिहास, संस्कृति र घटनाक्रमलाई जीवन्त रूपमा अभिलेख गर्ने महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयो। फोटो पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन तथा ओझेलमा परेका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले एनएफपिजे नेपाल रामेछाप शाखाले विगतमा गर्दै आएका गतिविधिको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले जिल्लाको सामाजिक, सांस्कृतिक, आर्थिक तथा पर्यटकीय गतिविधिलाई तस्बिरमार्फत अभिलेख र प्रचारप्रसार गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
अधिवेशनको अवसरमा संस्थालाई विभिन्न समयमा सहयोग तथा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan