Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | रासस

 

कर्णाली, २२ कात्तिकः सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।

   

सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो ।

 

उक्त सामुदायिक वनमा खोजतालस गर्दा झाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा चार थान साबुत र दुईवटा नाल बेसाबुत गरी जम्मा छ थान अवैध भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

 

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनापछि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । उक्त स्थानमा खोजतलास गर्दा तीन थान बेसाबुत र  पाँच थान साबुत गरी जम्मा आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको सूचना अधिकारी बोहोराले बताउनुभयो । फेला पारिएका अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan