Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | रासस
newsabhiyan


तुलसीपुर (दाङ), २२ कात्तिकः दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् ।  सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ । जथाभावी फोहर फालिदैन ।

स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताउनुभयो । “सुरुका दिनमा सडकमा जथाभावी पशुचौपाया बाँध्ने, जथाभावी फोहर फ्याँक्ने ठूलो समस्या थियो”, उहाँले भन्नुभयो, “सडक र नालामा फोहर फाल्ने घरघरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन ।”

सुरुआती चरणमा टोलमा डस्टबिन नहुँदा बिजुलीका हरेक खम्बामा बोराहरू झुण्ड्याएर फोहर सङ्कलन सुरु गरिएको थियो । हाल भने स्ट्यान्ड बनाएरै ठाउँठाउँमा डस्टबिन राखिएका छन् । प्लास्टिक प्रदूषण रोक्न टोलभित्र प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कसैले प्लास्टिक जलाएको देखेर गोप्य सूचना दिएमा इनाम दिने र जलाउनेलाई कारबाहीसमेत गर्ने गरिएको छ । जसका कारण अहिले टोलमा प्लास्टिक जलाउने कार्य पूर्ण रूपमा रोकिएको छ ।

टोलको बैठकले ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने सङ्कल्पकासाथ नियम बनाएपछि यसरी टोल सुधार भएको उहाँको भनाइ छ । उहाँका अनुसार टोलको निर्णय नमान्ने तथा जथाभावी प्लाष्टिक जलाउनेलाई रु ५०० जरिवानासमेत गर्ने गरिएको छ । यही सामाजिक अनुशासनको जगमा टेकेर पार्विक टोल रुपान्तरण भएको अध्यक्ष खत्रीले बताउनुभयो । 

टोलको सरसफाइ र व्यवस्थापनलाई सहज बनाउन तीनवटा सेक्सनसमेत बनाइएको छ । प्रत्येक सेक्सनका प्रतिनिधिहरूको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार सम्पूर्ण टोलवासी भेला भई सरसफाइ गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan