Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस)

झापा, २२ कात्तिक ः सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।   

    आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिनुभयो ।

    बरामद गरिएका सयपत्री लगायतका फूलमालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित पूmल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan