Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस

 दैलेख, २३ कात्तिक  :  दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

    सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

    सो दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिकाका बोलेरो जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी २७ वर्षीया कैसी सार्की घाइते भएका छन् । 

    उक्त घटनाको सम्बन्धमा अहिले थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan