Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

काठमाडौं, १ मंसिर :  कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चान्देउबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१६ बस्ने २५ वर्षीय डेविट चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको म.२ प ३३४५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बंक बस्ने २६ वर्षीय दिपक कठायत र २३ वर्षीय दिपश्री पाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले बा.४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनिश धामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ दुर्गापथबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ८५ ट्याब्लेट, स्पास्पेन १ सय ८५ ट्याब्लेट र नगद ९ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ बाँधडाँडा बस्ने २७ वर्षीय समिर माझीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ रानिजरूवा बस्ने २५ वर्षीय टिकाराम विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले टिकारामको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ बस्ने ३२ वर्षीय प्रकाश शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले बा.४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय राज कुमार चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ स्मारक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय किरण तिवारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

चितवन, भरतपुर महानगरपालिका-११ मनकामना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय १० ट्याब्लेट, ऐनारगन २ हजार ५ सय ट्याब्लेट र नगद ४९ हजार ७ सय ९० रूपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ बस्ने ३० वर्षीय निरज क्षेत्री, २५ वर्षीय अजित विक, सोही महानगरपालिका-११ बस्ने ३४ वर्षीय बिजय कुमाल र ३९ वर्षीय बसन्त लामा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ३-०३-००१प ६५५४, बागमती प्रदेश ०२-०२९ प ७४९५ र बा.प्र.०३-००५ प ५३९ नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ ।

ललितपुर, गोदावरी नगरपालिका-८ बागमती पुल नजिकबाट अवैध लागूऔषध गाँजा ३ सय ४० ग्राम सहित ललितपुर महानगरपालिका-२१ सानो खोकना बस्ने २९ वर्षीय सजल महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फर्सिडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-४ चोप्राहा बोर्डरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम ४ सय ८० मिलिग्राम सहित भारत बिहार अररिया बोका मोजदार-२ मुस्लिम टोल घर भएका ४५ वर्षीय रघुनाथ पासवान समेत ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan