Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ,  १ मङ्सिर : राष्ट्रियसभाका  अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । 

अध्यक्ष दाहालको कार्यकक्ष, सिंहदरबारस्थित फ्रान्सेली संसद्को तल्लो सदन अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष म्याडम बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको हो । 

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसीहित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले संसदीयमैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि सङ्घीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीयमैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले दुई देशका संसद्को सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । 

गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली सङघमार्फत उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गर्नुभयो ।  

उहाँले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । 

सो अवसरमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आफू यहाँको वातावरणले निकै प्रभावित भएको बताउनुभयो । 

आफूहरुले फ्रान्सको संसद्बाट फ्रान्स–नेपाल संसदीयमैत्री समूह पहिले नै गठन गरिसकेको उल्लेख गर्दै अध्यक्ष पिरोनले मैत्री समूहमार्फत संसदीय अभ्यास आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan