Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गर्नुभयो । 

उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिनुभयो ।

उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भन्नुभयो । 

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।

भेलामा  तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन् । स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो ।

भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan