भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो। विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको छ।
भेटका क्रममा दुवै पक्षले नेपाल र भारतबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा समेत विचार आदानप्रदान गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा भारत पुग्नुभएको हो। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
