Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्ञानोदयलाई दोहोरो सफलता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

काठमाडौं । ज्ञानोदय बाल वाटिकाले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता पाएको छ । ज्ञानोदय सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा साइमन क्षेत्रीले १३ अंक योगदान गरे ।

प्रिन्सेस थापा मगरको ७ अंक सहयोगमा ज्ञानोदयले केभीएस, रानीवनलाई ११–९ ले हरायो ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा निसर्ग वाटिकाले मोक्षदालाई ४६–२८, केभीएस, रानीवनले कश्यपलाई ३८–१८ र राइजिङ स्टारले विस्डमलाई ४३–१८ ले पाखा लगाए ।

निसर्गका अर्नव सिंहले १४, केभीएस, रानीवनका जिग्मे लामाले १० र राइजिङ स्टारका रेजन थापाले २३ स्कोर गरे ।

सिनियर गल्र्समा निसर्ग वाटिकाले केभीएस, स्युचाटारलाई ३४–४ ले पराजित ग¥यो । निसर्गकी आश्रा भण्डारीले १८ अंक जोडिन् ।

जुनियर ब्वाइजमा केभीएस, स्युचाटारले ओएसिस्लाई १९–८ तथा ह्वाइटफिल्डले कश्यपलाई १६–६ ले पाखा लगाए । केभीएसका राजीव अधिकारीले १० तथा ह्वाइटफिल्डका मसिक तामाङले ४ स्कोर गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan