Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कल्भर्ट व्यवस्थापन गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

म्याग्दी, ६ मङ्सिरः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङवासीले विपद्को जोखिम बढाएको खहरेखोलाको ‘कल्भर्ट’ पुनः व्यवस्थापन गर्न माग गरेका छन् । 

    गत असोज दोस्रो साताको झरीपछि खहरेखोलामा आएको बाढी कल्भर्टका कारण बस्तीमा पसेर क्षति पु¥याएको ठहर गर्दै स्थानीयवासीले व्यवस्थापनको माग गरेका हुन् । छिस्वाङका २२ घरमा बाढी पस्नुका साथै ३५ परिवारको करिब १५० रोपनी धानखेतमा क्षति पुगेको स्थानीयवासी तुलबहादुर पुनले बताउनुभयो । 

    “बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्गा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो”, उहाँले भन्नुभयो, “कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिँदा बस्तीमा क्षति पुगेको छ । खेतीयोग्य जमिन बगरमा परिणत भएको, खानेपानी र सिचाई योजनाका संरचना ध्वस्त बनाएको छ ।”  

    स्थानीय पूर्वाधार विकास आयोजनामार्फत आर्थिक वर्ष २०८१÷०८२ मा सङ्घीय सरकारको बजेटबाट पोक–पीपलबोट–छिसवाङ–खोप्टी–दरवाङ सडक स्तरोन्नतिका क्रममा खहरेखोलामा पाँच मिटर लामो कल्भर्ट निर्माण भएको थियो । 

    छयासी वर्षीय दत्तबहादुर थापाले आफू छिसवाङबा बस्न थालेको ४४ वर्षमा यसपाली विपद्को सामना गर्नुपरेको बताउनुभयो । “खहरेखोलाको बाढीलाई प्राकृतिक रुपमा बग्नलाई रोकेको कल्र्भट हटाएर हाम्रो बस्तीलाई सुरक्षित बनाउन माग गरेका छौँ”, उहाँले भन्नुभयो, “कल्र्भटको व्यवस्थापनसँगै बाढीको जोखिम न्यूनीकरणका लागि सरकारबाट सहयोगको प्रतिक्षामा छौँ ।” 

    मङ्गला गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी अधिकारीले छिसवाङवासीको कल्भर्ट व्यवस्थापनको मागकाबारेमा आवश्यक निर्णय गर्न जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गरिएको जानकारी दिनुभयो । 

    बाढी प्रभावितको राहत, अस्थायी बसोबासको व्यवस्थापनपछि पुनःनिर्माण र बस्ती संरक्षणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उपाध्यक्ष अधिकारीले गाउँपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan