Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस)

काठमाडौँ, १० मङ्सिरः सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गर्नुभएको छ । 

    मन्त्रिस्तरीय निर्णय गर्दै आज उहाँले जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ पनि रहेको समिति गठन गर्नुभएको हो ।

    समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ । समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनालाई आधार बनाएर आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

    नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने र दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको तयारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan