Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाला चतुर्दशीको तयारी र सुरक्षा व्यवस्थापन अघि बढाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, १३ मङ्सिरः यही मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ ।

पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिनुभयो ।

पर्वका अवसरमा पशुपति क्षेत्रमा आउनेभक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ ।

 भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।

मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्नेको घुइँचो लाग्ने गर्छ ।

पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेको भीड लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan