भर्सटाइल गायक कौशलको गीतमा भारतीय कमेडी स्टार (भिडियो सहित)
कमल न्यौपाने । बिभिन्न शैलिका गीत गाउनमा खप्पिस गायक अर्जुन कौशलले आफ्नो नयाँ प्रस्तुती सार्वजनिक गरेका छन । 'घुमी घुमी नाचिदेउ सोल्टिनी’ बोलको गीत सार्वजनिक भए लगत्तै अहिले कौशल फेरी चर्चामा रहेका छन । उक्त गीत नेपाली भाषासङै अन्य भाषामा पनि सार्वजनिक गरेका छन गायक कौशलले ।
आफ्नो गीतको म्युजिक भिडियोमा चर्चित अनुहार प्रस्तुत गर्न रुचाउने गायक संगीतकार अर्जुन कौशलले आफ्नो नयाँ गीतमा बलिउडका चर्चित कमेडी स्टार कृष्णलाई अभिनय गराएका छन । गीतमा कृष्ण संगै नेपालकी चर्चित नायिका निरुता सिंहको पनि अभिनय रहेको छ । यसअघी उनले नेपालका महानायक राजेश हमाललाई पनि म्युजिक भिडियोमा देखाइसकेका छन ।
भारतिय कमेडियन र नेपाली नायिकासंगै अर्जुनको गायन शैलिकै कारण पनि म्युजिक भिडियो अहिले चर्चामा छ । भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।
