Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाइजेरियामा ५२ जना अपहृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस-एएफपी)

जोस (नाइजेरिया), १८ साउन : उत्तरपश्चिम नाइजेरियाको जामफारा राज्यमा बन्दुकधारी समूहले एक सैन्य चौकीमाथि आक्रमण गरेपछि गाउँमा छापा मार्दै बालबालिकासहित कम्तीमा ५२ जनालाई अपहरण गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । अपहरणको यो घटनाले राज्यमा बढ्दो सुरक्षा सङ्कटलाई पुनः उजागर गरेको छ ।

स्थानीय स्रोतका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले शनिबार मध्यरातदेखि आइतबार बिहानसम्म कुरा नमोदा स्थानीय प्रशासनअन्तर्गतको कासुवार दाजी गाउँमा धावा बोलेका थिए ।

उनीहरूले सुरुमा गाउँबाहिर रहेको सैन्य चौकीमा आक्रमण गरी त्यहाँबाट हतियार कब्जा गरेका थिए । साथै सैन्य गस्तीमा प्रयोग हुने सवारीसाधनमा आगजनी गरेपछि गाउँभित्र प्रवेश गरेर घर–घरमा पुग्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीय बासिन्दा शेहु अब्दुल्लाहीका अनुसार आक्रमणकारीहरूले सुरुमा १०० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएका थिए । केहीलाई पछि मुक्त गरिए पनि अन्ततः ५२ जनालाई साथ लगिएको छ । अपहरणमा उहाँकी १२ वर्षीया छोरी पनि परेको उहाँले बताउनुभयो ।

अर्का स्थानीय बासिन्दा अहमद उस्मानले पनि बन्दुकधारीहरूले घर–घरमा पुगेर मानिसहरूलाई अपहरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आफ्ना दुई छोराका पत्नी र परिवारका दुई किशोरी सदस्य पनि अपहरणमा परेका छन् ।

स्थानीय अल्हाजी इब्राहिम मुसाले आक्रमणकारीहरूले गाउँमा रहेको सैन्य चौकीलाई नियन्त्रणमा लिएर त्यसपछि गाउँमा प्रवेश गरेको बताउनुभयो । उहाँका अनुसार यसअघि पनि सोही क्षेत्रमा प्रहरी चौकीमाथि यस्तै आक्रमण भएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता ओलानी ओसोबाले सेनाले सैन्य चौकीमाथिको आक्रमणलाई अन्ततः विफल पारेको दाबी गर्नुभयो । उहाँका अनुसार आक्रमणका क्रममा एक सैनिक र एक प्रहरीको मृत्यु भएको छ भने आक्रमणकारीहरूले केही स्थानीय बासिन्दालाई अपहरण गरेर लगेका छन् । सेनाले घटनाका लागि ‘आतङ्ककारी’ समूहलाई जिम्मेवार ठहर गरेको छ ।

जामफारा राज्यका प्रहरी प्रवक्ताले घटनाबारे प्रतिक्रिया दिएका छैनन् ।

उत्तरपश्चिम नाइजेरियामा सक्रिय ‘डाकु’ भनिने सशस्त्र आपराधिक समूहहरूले लामो समयदेखि गाउँमा आक्रमण, फिरौतीका लागि अपहरण, पशुचौपाया लुट्ने, किसानसँग अवैध कर असुल्ने तथा अवैध खानी सञ्चालन गर्ने गतिविधि गर्दै आएका छन् । अपहरण अहिले यस्ता समूहहरूको प्रमुख आम्दानीको स्रोत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan