Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिब्बती शरणार्थी प्रकरण : परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |
newsabhiyan

काठमाडौं, १८ साउन । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो।

गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भए पनि भट्टराई अदालतमा उपस्थित नभएपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सोही पक्राउ पुर्जीका आधारमा सीआईबीको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार अब भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीले भट्टराईलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिएकी छन्।

तिब्बती शरणार्थीका नाममा जारी भएका यात्रा अनुमतिपत्रको दुरुपयोग र प्रक्रियागत अनियमितताबारे प्रहरीले अनुसन्धान अघि बढाउँदै आएको छ।

पछिल्लो पक्राउसँगै उक्त प्रकरणमा थप अनुसन्धान तीव्र हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan