Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, १८ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख राम केवल रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएवापत विभिन्न बहाना बनाइ सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा रायविरुद्ध आरोपपत्र दायर गरिएको हो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु १९ हजार बिगो कायम गरी सोही बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan