Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग मोरक्कोका राजदूत मलिकीको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस)

काठमाडौँ, १८ साउनः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गर्नुभएको छ । 

    मन्त्रालयमा आज भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 
    
    मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौँस्थित मोरक्कोको अवैतनिक वाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमम सहभागी हुन राजदूत मलिकीले यहाँ आउनुभएको थियो ।

    छलफलमा मोरक्कोबाट रासायनिक मल आपूर्तिको सम्भावनालगायत कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको  थियो ।

    काठमाडौँमा नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक दुवै पक्षलाई अनुकूल हुने उपयुक्त मितिमा आयोजना गर्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमार्फत दुई मुलुकबीचको द्विपक्षीय सहयोगका समग्र क्षेत्रको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्र पहिचान तथा प्रवर्द्धन गर्न सहज हुने विश्वास व्यक्त गरिएको थियो ।

    नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । पछिल्ला वर्षमा दुई मुलुकबीच कृषि, पर्यटन, संस्कृति, नवीकरणीय ऊर्जा तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यका सम्भावना विस्तार हुँदै गएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan