कांग्रेस संसदीय दलको बैठक सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | रासस
काठमाडौँ, १८ साउनः नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेललगायत सहभागी हुनुहुन्छ ।
