Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनी सरकार गठनमा एमाले–माओवादी–मसालबीच सहकार्य, दुई बुँदे सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठनमा सहकार्य गर्ने गरी दुईबुँदे सहमति भएको छ।

तीन दलका शीर्ष नेताबीच बुधबार भएको छलफलपछि लुम्बिनी प्रदेश सरकार गठनसँगै प्रदेशको विकास निर्माणका काममा समेत सहकार्य गर्ने सहमति भएको हो।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने उल्लेख गरिएको छ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

लुम्बिनीमा सरकार गठनका लागि तीन कम्युनिस्ट शक्तिबीच भएको यो सहमतिलाई प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan