Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक हजार ५२१ किलो गाँजा नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |

धनकुटा, २७ साउनः जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध  नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागुऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरुको रोहवरमा लागुऔषध नष्ट गरेको हो ।

नष्ट गरिएका लागुऔषधमा एक हजार ५२१ किलो गाँजा र ट्रामाडोल, डाइसाइकोमाइन टाब्लेट एक हजार ८९७ ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।

प्रहरीले धनकुटाका विभिन्न स्थानबाट बरामद गरिएका लागुपदार्थ गैरकानुनी रुपमा सञ्चालित क्रियाकलापमा प्रयोग हुने भएकाले कानुनी प्रक्रियाअनुसार नष्ट गरेको जनाएको छ । 

यस्तै धनकुटा प्रहरीले गत असार २६ गते एक हजार दुई किलोग्राम ३०५ ग्राम गाँजा र विभिन्न ट्याब्लेट नष्ट गरेको थियो । प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रम बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan