प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ, २६ साउनः प्रहरीमा भर्ती गराइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन् ।
उनले आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम प्रकाशित गरीदिन्छु भन्दै ठगी गरेको पाइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो । उनको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । यस्तै, रसाइली बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको प्रहरीले जनाएको छ ।
