Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस)

भद्रपुर (झापा), २६ साउनः सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो ।

सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो । 

 प्रहरीले आठ वटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो ।

अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan