Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस/एएनआई)

वासिङ्टन डिसी २६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताउनुभएको छ ।

ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र जलमार्ग अमेरिकी नियन्त्रणमा रहेको बताउनुभएको हो ।

इरानसँगको असमझदारीका बारेमा बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिपूर्तिको माग गरेको उल्लेख गर्दै वासिङ्टनले पनि इरानसँग क्षतिपूर्तिको माग गर्ने बताउनुभयो ।

यसअघि, ट्रम्पले देशमा अमेरिका–इजरायली सैन्य कारबाहीका क्रममा भएको आर्थिक क्षतिपूर्तिका लागि इरानको मागलाई अस्वीकार गर्दै यसको सट्टा तेहरानलाई आफ्नै कार्यका कारण हुने हताहतका लागि जवाफदेही बनाउनुपर्ने बताउनुभएको थियो ।

 सामाजिक सञ्जालमा क्षतिपूर्तिका लागि इरानको मागलाई ‘रोचक विचार’ का रूपमा वर्णन गर्दै ट्रम्पले भविष्यको कूटनीतिक वार्तामा अमेरिकाको प्रति–माग प्रस्तुत गर्ने सङ्केत गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan