Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
newsabhiyan

काठमाडौं, २६ साउन । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ताथली, चाँगुनारायण नगरपालिका, भक्तपुरस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र Special School for Disable and Rehabilitation Center (SSDRC), पालडाँडा, नवलपरासीस्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र ठोकर्पा, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विभिन्न सहयोग प्रदान गरेको छ ।

बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्यनरत ५०६ भन्दा धेरै विद्यार्थीहरुलाई डिजिटल पहुँच बढाउँदै डिजिटल शिक्षा वृद्धि गर्ने उद्देश्य अनुरुप डिजिटल बोर्ड प्रदान गरेको छ ।

साउन २० गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सुनवल सर्कल हेड तिलक राम खनाल तथा बर्दघाट शाखा प्रमुख  प्रेम पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाँईलाई उक्त सहयोग प्रदान गर्नुभयो ।

त्यसैगरी, बैंकले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) द्वारा सञ्चालित अटिजम स्कुल भवन पूर्ण रुपमा सञ्चालनको लागि विद्युतीय प्रणाली (वायरिङ्ग) र उक्त भवनभित्र रङ्गरोगनका लागि पनि बैंकले विशेष सहयोग प्रदान गरेको छ ।

उक्त कार्य सम्पन्न पश्चात साउन २१ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका काठमाडौं पूर्वका सर्कल हेड श्री गणेश पौडेलज्यू र भक्तपुर शाखा प्रमुख इश्वर जि.सी.ले उक्त केन्द्रकी अध्यक्ष  सविता उप्रेतीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी, बैंकले ठोकर्पा, सुनकोशी गाउँपालिका–१,सिन्धुपाल्चो कस्थित बाघ भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ३०२ भन्दा धेरै विद्यार्थीहरुका लागि झोला र प्रोजेक्टर प्रदान गरेको छ ।

साउन २२ गते एक विशेष कार्यक्रमका बीच बनेपा सर्कल हेड अमृत मान श्रेष्ठ र इएसजी एण्ड सस्टेनेबल बैंकिङ्ग विभाग प्रमुख सोफी अधिकारी पौड्यालले उक्त विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर
कार्कीलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरु तथा पुनर्स्थापना केन्द्रलाई उपलब्ध गराएको सहयोगले विद्यालय तथा पुनर्स्थापना केन्द्रका विद्यार्थीहरुको सिकाई र पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सुविधा सम्पन्न शैक्षिक एवम् पुनर्स्थापना वातावरण निर्माण गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan