Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २६ साउनः निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।

आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो ।

यही साउन १४ गते प्रमुख आयुक्त र आयुक्तद्वयले पदबहाली गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan