Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक हिलाम्मे बनाउने निर्माण कम्पनीलाई ५० हजार जरिबाना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
newsabhiyan

काठमाडौं, २६ साउन । घर निर्माणका क्रममा सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने निर्माण कम्पनीलाई काठमाडौँ महानगरपालिका कारबाही गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २, गैरीधारामा घर निर्माण गरिरहेको ‘राम कन्ट्रक्समन’ ले सडकमा जथाभावी माटो खसाल्दै काटो हिलाम्मे बनाएपछि ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

त्यस स्थानमा पैदलयात्री र सवारी साधनलाई आवतजावतमा निकै सास्ती भएको जनगुनासो आएपछि महानगर प्रहरी बलले उक्त कदम चालेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाको नियम उल्लङ्घन गरेको भन्दै महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षक अन्तर्गत उक्त रकम असुल गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan