Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव ल्याइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |

काठमाडौँ, २६ साउनः पाकिस्तानको ‘ब्रोड पिक’मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज नेपाल ल्याइएको छ ।

    गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किलीपेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज साँझ हवाईजहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार, उहाँहरुको शेर्पा परम्पराअनुसार दुई रात तीन दिन पूजा गरेर अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

    दुर्घटनामा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को शव भने यही साउन २१ गते नै नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ ।

    सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको शव भने बेलायत लगेर अन्त्येष्टि गरिनेछ । पुर्जाको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको बताइएको छ । दुर्घटनास्थलबाट अझै एक नेपालीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा छ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan