Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चवालीस जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)

काठमाडौँ, २७ साउनः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो ।
 
उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार साताँै वार्षिकोत्सव मनाउँदै छ ।
 
सिंहदरबारभित्र सञ्चालनमा आउने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सर्वसुलभ दरमा पाउन सक्ने सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो ।

कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ ।
 
बिहीबारदेखि देशभर सुपथ मूल्य पसल        
यसैबीच, कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्नेभएको छ ।

चवालीस जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan