Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

कास्की, ३० साउनः पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

    उहाँका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ । “हामी अहिले  खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भन्नुभयो । 

    घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् । यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको खोताखोरसहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan