Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस)

गोरखा, १४ भदौः गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सन्दकपुर गाउँपालिका-३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो । 

    दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, यमबहादुरको शव श्रीमती इन्दिरा चौलागाईंलाई र दीपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । त्रिशूली किनारमा भेटिएका ती शव गोरखामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan