Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

काठमाडौँ, १ असोजः जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो ।

    बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।

    लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ । नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan