Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मार्वलस र पारामाउन्ट सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |
newsabhiyan

काठमाडौं असोज १ गते । मार्वलस र पारामाउन्ट एकेडेमी २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा मार्वलसले लालीगुराँस नेसनल एकेडेमीलाई ७०–४० ले पराजित ग¥यो । मार्वलसको जितमा गौरव यादवले १८ अंक योगदान गरे । पिटर राईको २० अंक मद्दतमा पारामाउन्टले बीएमसीएलाई ४२–३२ ले हरायो ।

सिनियर ब्वाइजमै भ्याली पब्लिकले गोल्डेन पिकलाई ७०–६२ तथा न्युटनले एन्जल्स हार्टलाई ६५–४५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विकले ३८ तथा न्युटनका युनिक कार्कीले ३३ स्कोर गरे । सेमिफाइनल मार्वलस र पारामाउन्ट तथा भ्याली पब्लिक र न्युटनबीच हुनेछ ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले गण्डकीलाई ३५–१६, जेबी स्कुलले ओडिसीलाई २९–२०, सेबले ग्रिनल्यान्डलाई २२–१५ र लालीगुराँसले फेरिल्यान्डलाई ३४–२० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । एन्जल्स हार्टका सौरव श्रेष्ठले १२, जेबीका हरि मगरले १५, सेबका सचिन घलेले ६ र लालीगुराँसका संगित बलामीले १२ अंक बटुले ।

सेमिफाइनलमा सेबको भेट एन्जल्स हार्टसंग हुनेछ भने जेबीले लालीगुराँसको सामना गर्ने छ । सिनियर गल्र्सको सेमिफाइनल समीकरण यसअघि नै तय भइसकेको छ । भ्याली पब्लिकले न्युटन तथा फेरिल्यान्डले तेजस्वी एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan