Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकामा सी जिनपिङको भव्य स्वागत, विमानको ढोकामै पुगे ट्रम्प

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ८ बिहीबार |
newsabhiyan

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङको अमेरिकामा भव्य स्वागत गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं सीलाई स्वागत गर्न संयुक्त बेस एन्ड्र्युज पुगेपछि दुई देशबीचको उच्चस्तरीय कूटनीतिक भेटवार्ताले विशेष चर्चा पाएको छ।

सी चढेको विमान अवतरण गरेलगत्तै ट्रम्प विमानस्थलको स्वागतस्थलमा पुगेका थिए। ट्रम्पले विमानको ढोकामै पुगेर सीलाई स्वागत गरेका हुन्। त्यसक्रममा दुवै नेताबीच हात मिलाउँदै औपचारिक तथा आत्मीय अभिवादन आदानप्रदान भएको थियो।

सीको स्वागतका लागि अमेरिकी पक्षले विशेष समारोह आयोजना गरेको थियो। करिब १०० फिट लामो रातो कार्पेट बिछ्याइएको थियो भने सैन्य सम्मान गार्डसमेत परिचालन गरिएको थियो।
 स्वागत समारोहका क्रममा अमेरिकी वायुसेनाका दुई B-1 बम्बर विमानले आकाशमा फ्लाईओभर गरेका थिए।

विश्वका दुई प्रमुख शक्ति राष्ट्रका नेताबीचको यो प्रत्यक्ष भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ। पछिल्ला वर्षमा अमेरिका–चीन सम्बन्ध व्यापार, प्रविधि, सुरक्षा र रणनीतिक प्रतिस्पर्धाका कारण तनावपूर्ण रहँदै आएको छ।

यस्तो अवस्थामा सीलाई ट्रम्पले स्वयं विमानस्थलमै पुगेर गरेको उच्चस्तरीय स्वागतलाई दुई देशबीच संवाद र सम्बन्ध सुधारको सम्भावनासँग जोडेर हेरिएको छ। भेटवार्तामा व्यापार, द्विपक्षीय सम्बन्ध तथा अन्य अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan