Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी 'बी–१ विमान' हटाइए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस/सिन्ह्वा)

वासिङ्टन,१९ असोज : अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ। हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ।

बेलायती हवाई अड्डामाथि सम्भावित आक्रमणको योजना बनाएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी पक्षले सुरक्षा व्यवस्था पुनः मूल्याङ्कन गरेको हो। अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानहरूको आवतजावतबारे वास्तविक समयमा जानकारी सार्वजनिक नगरिएको जनाएको छ। अहिले सबै विमान फिर्ता भइसकेपछि मात्र यसको पुष्टि गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan