Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस/सिन्ह्वा)

इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको हत्या गर्ने उद्देश्यले समन्वयात्मक आक्रमणको योजना बनाएको आरोपमा एक विश्वविद्यालयका प्राध्यापकविरुद्ध सोमबार अभियोग दायर गरिएको इजरायली सरकारी वकिलको कार्यालयले जनाएको छ । 
    पेताह तिक्भा निवासी ६० वर्षको उमेर समूहका ती प्राध्यापकको पहिचान अदालतको आदेशका कारण गोप्य राखिएको छ । उनी तेल अभिभनजिकै रहेको बार–इलान विश्वविद्यालयमा गणितका प्राध्यापक हुन् ।

    सरकारी वकिलका अनुसार राष्ट्रवादी विचारधाराबाट प्रेरित ती प्राध्यापकले विगत तीन वर्षमा उक्त योजना तयार पारेका थिए । उनलाई दुई साताअघि पक्राउ गरिएको थियो ।
    अभियोगपत्रअनुसार उनले आफ्नो योजनालाई ‘एआइटी’ नाम दिएका थिए । यो हिब्रु भाषाको एउटा वाक्यांशको संक्षिप्त रूप हो, जसको अर्थ ‘जनताले विस्थापित गर्नेछन्’ भन्ने हुन्छ । सरकारी वकिलका अनुसार योजनाको उद्देश्य इजरायलका अरब नागरिकलाई जबर्जस्ती सामूहिक रूपमा विस्थापित गर्नु थियो ।

    ती प्राध्यापकमाथि आतङ्कवादीकार्यको तयारी, धम्की दिएर जबर्जस्ती असुली र न्यायिक प्रक्रियामा अवरोध पु¥याएको आरोप लगाइएको छ । सरकारी वकिलले मुद्दाको फैसला नभएसम्म उनलाई हिरासतमा राख्न अदालतसमक्ष माग गरेका छन् ।

    बार–इलान विश्वविद्यालयले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै आरोपित प्राध्यापकलाई तत्काल निलम्बन गर्ने जनाएको छ ।

    इजरायली अरब नागरिक सन् १९४८ को युद्धका क्रममा इजरायलमै बसेका प्यालेस्टिनीका सन्तान हुन् । उक्त युद्धपछि इजरायल राज्य स्थापना भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan